यस बित्थडचिर गाउँपालिकाको वेवसाईटमा गई हाम्रो बारेमा मेनुको जनप्रतिनिधि, कार्मचारी विवरण सव मेनुमा गई हेर्न सकिन्छ।
गलत व्यक्तिले झुठो विवरण पेश गरी सामाजिक सुरक्षा भत्ता लिएमा निजबाट बिगो बमोजीम असुल उपर गरिन्छ । त्यसैगरी गलत व्यक्तिलाई भत्ता पाउन योग्य भनि सिफारिश गरेमा त्यस्तो सिफारिश गर्ने पदाधिकारीहरुलाई कानून बमोजिम कारवाही हुन्छ ।
देहायको अवस्थामा भत्ता पाइरहेका व्यक्तिको लगत कट्टा गर्नुपर्दछ :
- मृत्यु भएमा
- बसाइ सरी अन्यत्र गएमा
- एकल/ बिधवा महिलाले अर्को विवाह गरेमा
- बालबालिकाको उमेर ५ वर्ष पूरा भएमा
- झुटा विवरण पेश गरी भत्ता लिएको पुष्टी भएमा
- स्वेच्छाले भत्ता लिन नचाहेमा
- परिचयपत्र नविकरण नगरेमा
- एक वर्ष भरीको कुनैपनि किस्ता रकम नबुझेमा
गर्नुपर्दछ । सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिकहरुले प्रत्येक आ.व. को श्रावन महिनामा आफ्नो परिचय पत्र नवीकरण गर्नको लागि निवेदन दिनुपर्दछ । नवीकरण नगरेमा भत्ता प्राप्त गर्न सक्ने छैनन्।
नेपाल सरकार वा नेपाल सरकारबाट मान्यता प्राप्त संघ संस्था तथा अन्य कुनै अन्तर्राष्ट्रिय संघ संस्थाबाट मासिक रुपमा तलव, भत्ता, पेन्सन वा यस्तै प्रकारका अन्य कुनै मासिक सुविधा प्राप्त गर्नेहरुले सामाजिक सुरक्षा भत्ता लिन पाइदैन ।
स्थानीय तहले जारी गरेको जन्म दर्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्दछ ।
नेपाली नागरिकताको प्रमाणपत्रको उमेरलाई आधार मानिन्छ । १६ वर्ष भन्दा कम उमेरका लाभग्राहीको हकमा जन्म दर्तालाई आधार मानिन्छ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई ब्यवस्थित बनाउनको लागि सामाजिक सुरक्षा ऐन, २०७५ र सामाजिक सुरक्षा नियमावली, २०७६ जारी गरी सोही अनुसार यो कार्यक्रम सञ्चालन भईरहेको छ ।
जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।
व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँसराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।
बित्थडचिर गाउँपालिकाको आधिकारिक वेवसाइटको नेभिगेसन बारमा रहेको हाम्रो बारेमा सेक्सन भित्रको “जनप्रतिनिधि ” मा क्लिक गरी यस गाउँपालिकाको सबै जनप्रतिनिधिहरुको सम्पर्क विवरण प्राप्त गर्न सकिन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन बमोजिम स्थानीय तहको बजेट असार महिनामा पारित भई श्रावणमा कार्ययोजना निर्माण भई कार्यान्वयन हुन्छ।